Monday 23 August 2021

गजल

 जिन्दगीमा इज्जत जरुरी छ ।

र ,सहि र गलत जरुरी छ ।

एक्लै बिग्रन पनि मजा हुन्न ।
सप्रिन पनि संगत जरुरी छ ।

हातमा कलम भएर के भो ?
उम्लन छातीमा रगत जरुरी छ ।

लास आफैं हिडेर गयो चिहान ।
सरकारलाई मदत जरुरी छ ।

गजल

 हाम्रो तरिका हामी बिचै रहोस् ।

हाम्रो तरिका हामी बिचै रहोस् ।
बाँकी कसैले याद गर्न नसकोस ।
बाँच्नको लागी पत्थर बनाइयो ।
अब कसरी यसमा रगत बगोस
दुनियाँ ले त के मात्र बाँकी राख्यो
मेरै मनले मलाई गलत नभनोस
कति झुट बोलेर सत्य बनाइए
बोल्न मलाई नि आउँछ तर होस् ।
दिनेश ले जिन्दगी यसरी बाँच्यो ।
कसको हिम्मत कसले सकोस् । कसैले याद गर्न नसकोस ।
बाँच्नको लागी पत्थर बनाइयो ।
अब कसरी यसमा रगत बगोस
दुनियाँ ले त के मात्र बाँकी राख्यो
मेरै मनले मलाई गलत नभनोस
कति झुट बोलेर सत्य बनाइए
बोल्न मलाई नि आउँछ तर होस् ।
दिनेश ले जिन्दगी यसरी बाँच्यो ।
कसको हिम्मत कसले सकोस् ।

गजल

 

यि आँखाले पनि कस्ता कुरा देख्न पर्या छ ।
हावामा उड्नेलाई भुईंमा खुट्टा टेक्न पर्या छ ।
रदिफले कसरी रिङ्ग्यायो काफियालाई ?
यसबारे फुर्सदमा यौटा गजल लेख्न पर्या छ ।
खहरे सुकेपछि अड्केको ढुङ्गा फुर्ति लाउँछ ।
एउटा सिङ्गै पहाड़ यही ज्यानले थेग्न पर्या छ ।
सानो पनि ठाउँ र समयले ठूलो हुन्छ बुझाउन ।
चन्द्र ले सूर्यलाई बेला बखत छेक्न पर्या छ

Sunday 28 February 2016

गजल

जब देखि जुध्यो नज़र म बिरामी छु । 
रमाइलो भो हर प्रहर म बिरामी छु । 

तिम्रै लागि  कुना कुना सजाएर राखें ।  
तिमी अब सम्हाल यो घर म बिरामी छु । 

फूल जस्तै आँगनमा हाँसे लालाबाला ।
रहर माथि अर्को रहर म बिरामी छु । 

सबै तिर खुशियाली सबै हराभरा
छैन खडेरी छैन बग़र म बिरामी छु । 

चाहे होस घुर्की चाहे रिस चाहे झगड़ा । 
मीठो लाग्छ तिम्रो करकर म बिरामी छु । 

Monday 8 December 2014

गजल

विधवाले रहर सजाएझैं आउँछ । 
याद आउँछ ,याद आएझैं आउँछ । 

हातमा बोकेर दियो , बाती , तेल । 
यो साँझ सूर्यसँग लजाएझैं आउँछ । 

सल्लाको वनमा आउने हुरी पनि । 
गाइने दाइले गीत गाएझैं आउँछ ।

कहाँ छोड्छ र हिजोले तिमीलाई। 
बालकले खेलौना  पाएझैं आउँछ ।   

हाँसी - हाँसी आउँछ कैले दुख पनि । 
खुशी पनि कैले सताएझैं आउँछ ।


Friday 19 September 2014

गजल

धुवाँ र रक्सी कठै बहाना हुन् ।
दोषी त जिन्दगीका पाना हुन् ।

मनको परिभाषा यसरी दिऊँ ।
छालाले घेरिएका अचाना हुन ।

साथीले मलाई चिनायो यसरी ।
यि अन्धा भए पहिले काना हुन ।

संस्कार बुझ्ने आदरणीय छन् ।
चाहे ठूला हुन चाहे साना हुन् ।

बर्षा कटेपछि भुसुक्कै बिर्सें ।
पानी छेक्ने घरको छाना हुन ।


Friday 29 August 2014

गजल

यहाँ भोक भेटियो त्यहाँ भोग भेटियो ।
उल्टो त्यहाँ उपचार यहाँ शोक भेटियो ।

जिन्दगीलाई फर्किएर खोज्दै जाँदा ।
धेरै काँडामा पैतालाको डोब भेटियो ।

हावाले सिकाएथे नाँच्न मलाई तर ।
पातले खस्दै भन्यो हाँगामा बोझ भेटियो ।

खोजी खुशीको थियो दिनेशको पनि  ।
बाँच्दै जाँदा तर धेरै थोक भेटियो ।